|
मेरो परीचय तथा तामागी गाउंको छोटो जानकारी

उदमे लामा को सन्तान अनी पुर्मै लामा को पनाती बाजे सुबेदार स्व०
नन्दबीरको नाती बाबा स्व० दलबहादुर गुरुङ र आमा स्व० श्रीमती
आशाकुमारीको कान्छा छोरा नि० व० वडा अध्यक्ष कर्ण बहादुर गुरुङ ठेगाना
भदौरे तामागी गाउं बिकाश समिती (गा०बि०स०) वडा नम्बर ३ कास्की
जिल्ला र हाल वडा नम्बर ६ बैदाम, पोखरा मा बसोबास गर्ने तर हाल यो लेख
लेखदा बेलायतमा भएको ।
म जन्मेको र हुर्केको यसै तामागी गाउंमा हो । २० वर्षको उमेरमा भारतीय
सेनामा भर्ती भई ३३ वर्षको लामो जागीर खाई आफ्नो जन्मभुमी तथा
पुर्ख्यौली थलो तामागी फर्कें । ठीक त्यसै बेला नेपालको राजनीतीक
परीवर्तनमा निर्दलीय व्यवस्था ढल्ने र बहुदलीय व्यवस्थाको आगमन भयो ।
३३ वर्षको लामो अवधी विदेशमा बिताएर स्वदेश फर्के पछी नेपालमा स्थानिय
निकायको चुनावी लहर आयो र मलाई पनि गाउंको सेवा गर्ने भावना जाग्यो ।
गाउंको सेवा गर्नुको लागी पदको आवश्यकता पर्ने भयो र तामागी गाउंको
जनताको सेवा गर्ने मौका मिल्छ होला भनी दुई पटक सम्म वडा अध्यक्ष पदमा
उमेद्वारी दिई चुनाव लडें । पहिलो पटक विफल भए पनि दोस्रो पटक सफलता
मिल्यो र हाल सम्म सेवा गर्ने मौका दिनु भएको मा वडा वासी प्रती
हार्दीक आभार व्यक्त गर्न चाहन्छु ।
वडा नम्बर ३ तामागी हावापानी र स्वास्थको हिसाबले अतिनै महत्वपूर्ण भएको
बुझिन्छ । द्रिश्यावलोकनको हिसाबले भन्नु पर्दा स्पष्ट हिमाल अनि
फेवाताल देखिने अतिनै रमणीय गाउं हो । तामागी वेभसाईटमा राखीएका फोटोहरु
गहीरीएर हेरेमा लेखेर बयान गर्नु पर्ने कुनै आवश्यकता देखिदैंन ।
बिकाशको हिशाबले हेर्दा भदौरे तामागी गा०बि०स० कास्की जिल्लाको पिछडीएको
गा०बि०स० मध्य एक हो । २०५४ साल सम्म जनताको बिभीन्न कामकाज र बिकाशको
लागी निती निर्माण गर्नु पर्दा स्थाई कार्यलय नभएको हुनाले कसैको घर,
आँगन, धन्सार अथवा पिंढींमा बैठक गर्नु पर्ने बाध्यता थियो ।
बिकाश कार्यमा महत्वपूर्ण भुमिका खेल्ने यातयात, सडक र ग्रामीण
बिद्धुतीकरणको कुनै कार्यक्रम नहुंदा अंध्यारो कुनामा यो गा०बि०श०
लुकेर बसेको थियो । आर्थीक वर्ष २०५४ सालको स्थानीय निकायको निर्वाचन
पछाडी यो गा०बि०स० को निर्वाचीत जन प्रतीनिधी अथवा सचेत व्यक्ती अनि
बुद्धीजिवी तथा जनताको सहयोगबाट यस गा०बि०स० कार्यलय नजिकै मुख्य
कार्यलय खोली विभीन्न सामुदायिक बिकाश गर्दै आई रहेको सरकारी संस्था
माछापुछ्रे बिकाश संघका प्रतीनिधी, जापान ईन्टरन्यासनल कोअपरेशन
(जा०ई०का०), नेपाल सरकार लगायत बिकाशको फल चाखना अत्यन्तै आतीएर बसेका
जनताहरु सबै एक मत एक शुर भई यो गा०बि०स० मा परीवर्तन ल्याउनु पर्छ भनि
प्रतिबद्धता जाहेर गरे अनुसार, मुलुकमा द्धन्दग्रस्त समयमा पनि
महत्वपूर्ण बिकाशको पुर्वाधारहरु तयार पार्न सफल भएको महसुस गरेका छौं
।
लामो समय देखी गा०बि०स० कार्यलय बिहीन भए पनि कार्यलय स्थापना गर्न सफल
भएका थियौं । यातयात को लागी कच्चीनै भए पनि मोटर बाटो गा०बि०स०
कार्यलय सम्म पुय्राउन सफल भएका छौं । अंध्यारो कुनामा लुकेर बसेको
गा०बि०स० हाल वडा नम्बर १, २, ३, ४ र ५ मा ग्रामीण बिद्धुतीकरण बिस्तार
भई सकेको छ । सदियौं देखी वर्षा याममा खोला वारपार गर्न धेरै दुःख
व्योहोरी रहेकोमा झोलुगें पुलको निर्माणले हुईबी खोला, ठुला खेत र घाटी
छीना सम्म नियमीत रुपमा बस सन्चालन भईरहेको र आवश्यकता अनुसार गा०बि०स०
कार्यलय सम्म जीप, ट्रेकटर र मोटर साईकल आदी सन्चालनमा आई रहेको छ ।
आफ्नु आवश्यकता आफै पुरा गर्ने सोंचाई प्रत्येक वडा हरुमा भएको र सो
उदेश्य प्राप्तीको लागी समुहहरु गठन गरी आर्थीक संकलनको लागी बिभिन्न
श्रीषकमा कोषहरु खडा गर्ने र कतै बाट पनि आर्थीक सहयोग प्राप्त नभएमा
आवश्यकता हेरी आफ्नै निजी कोषबाट काम चलाउन सफल भएका छौं । यस्तो
बिकाशको गती अघाडी बढी रहेको र जन प्रतीनिधी बिहीन अवस्थामा यो
गा०बि०स० को प्रगती देखना नचाहने आज्ञात व्यक्तीहरुले गा०बि०स० कार्यलय,
माछापुछ्रे बिकाश संघ र जा०ई०का० को अस्थाई कार्यलयमा आगो लगाई ठुलो
नोक्सान पुय्राएको छ ।
गाउंको बिकाश हुंदै गई रहेको भएता पनि, देशको राजनीतीक उथल पुथलको कारण
सर्वसाधारण जनताहरु शहर तीर पस्ने र बिदेश पलायन हुने क्रम बढदै गईरहेको
पाईन्छ, जुन एक चिन्ताको विषय भई रहेको छ ।
तामागीको तमु वर्गको सम्बन्धमा सुझाउः वर्तमान तामागी गाउंमा गएर
हेर्दा प्राय सबैजसोको घरमा भोटे ताल्चा लगाई ढोका बन्द गरेको र कसैको
घरको छानाको ढुगां खसेको र कसैको बार्तलीको पाली भत्केको देख्दा दुख
लाग्ने र मन बैरागीएर आएको अनुभव हुन्छ । अर्को तिर बाट हेर्दा तामागी
को दाज्युभाई तथा दिदीबहिनीहरु संसारको प्राय सबै भागमा पुगेर जिवन
निर्वाह गर्न सफल भएको देख्दा गौरव पनि लागेर आउंछ । फेरी आफनु जन्मभुमी
पुर्खौली थलो माईती हुल भनी तामागी गांउ प्रती माया गरी तामागीको कुनै
पनि बिकाश कार्यमा बारम्बार योगदान तथा सहयोग र समर्थन गर्नमा पछाडी
परेको छैन। यो एउटा उदार्हणीय संकेत हो । यदी कुनै दाज्युभाईहरु सहभागी
हुन ईच्छा भएमा आउनुहोस ढोका संधै खुला छ र हामी हार्दीक स्वागत गर्दछौं
। अध्यन गरी हेर्दा तामागी गाउंको तमुहरुले परापुर्वकालदेखी हालसम्म
गरेको लगानी अनुसार अप्रत्यक्षरुपमा धेरैनै प्रगती भएको पाईन्छ । तर
गाउंबाट प्रत्यक्षरुपमा हामीले केही फाईदा लिनु सकेको छैन । त्यसैले
यस गांउमा भएको लगानीबाट फाईदा लिनुको लागी हामीले सोंच्नु पर्ने
आवश्यकता आएको छ । त्येसैले निम्नलिखीत विषय मध्यबाट छनावट गरी आधुनिक
ढंगबाट व्यवाशय शुभाआरम्भ गर्नुपर्ने आवश्कता देखिन्छ । यस कार्यमा हात
हाल्नु अघी गहीरीएर अध्यन गर्नु अतिनै आवश्यक छ। कार्ययोजना तथा
संचालनविधी संस्थागत ढंगमा हुनु पर्छ ।
ग्रामीण पर्यटन विकाश
स्कुल, कलेज, क्याम्पस (कम्प्युटर
क्याम्पस, साईन्स कलेज, मेडीकल कलेज)
कृषी अनुसन्धान तथा बिकाश
तालीम केन्द्र
पशु पालन साथै बन्यजन्तु
पालन
चिया, अलैंची, टिमुर, आमृसो,
कफी, रेशम, सीनकौली (दालचिनी अथवा तेजपत्ता) अथवा जडीबुटी खेती
उत्तम रुखपात बन व्यवस्था
तथा बिकाश
निगाला, बांस अनी कुरीलो
खेती
लोकता नेपाली कागज उत्पादन
घरेलु उद्धोघ
मौरी पालन
लालीगुरांस अनि सुनगाभा
फुलको खेती
आर्थीक संकलन बारे बेलायतबाटः तामागी गांउको लागी आर्थीक संकलन गर्नुको
लागी बेलायतबाट सम्पूर्ण दाज्युभाई तथा दिदीबहिनीहरु अनी तामागी गाउंको
प्रगती चाहने मित्रहरुलाई तपसीलको उदेश्यहरुमा खर्च गर्ने गरि आर्थीक
संकलनमा सहयोग पुय्राईदिनुहुन हार्दीक अनुरोध गर्दछुं।
१
तामागीथेंमै क्षेवेवा तथा भ्रमण कोष
२
देउराली तामागी ग्रामीण सडक (मोटरबाटो) सुधार कोष
३ श्री
प्रगतीशील प्राथमीक बिधालय, तामागी
४ श्री
बहादुरे निम्न माध्यमीक बिधालय, भदौरे देउराली, कास्की
पुनस्चः
माथीका
उदेश्यहरु
मध्येबाट
२, ३ र ४ को रसीदपेटी चाहिएमा सु० कर्णबहादुर संग छ ।
धन्यवाद ।
सु० कर्णबहादुर गुरुङ, बेलायतबाट |