|
संसारका बिभिन्न भागहरुमा छरीएर बस्नुभएका सम्पुर्ण तामागीथेंहरुमा
हार्दीक आव्हान ।
नेपाल, भारत, हङकङ, मकाउ, सिंगापुर, मलेशिया, जापान, कोरीया, खाडीमुलुकका
राष्ट्रहरु, अष्ट्रेलिया, अमेरीका, क्यानाडा, नोर्वे, बेल्जिएम, फ्रान्स,
जर्मनी, स्विटजरल्याण्ड, बेलायत, आईरल्याण्ड लगायत अन्य मुलुकहरुमा छरीएर
बस्नु भएका सम्पुर्ण तामागीथेंहरुमा हार्दीक अभिवादन छ ।
यहांहरु संसारको जुनै
भागमा छरीएर बस्नु भएतापनि आफ्नो मातृभुमी नेपाल र प्यारो गांउ तामागीको
संझना आउनु स्वभावीकनै हो ।
र गांउको संझना आउंदा यसो फुर्सद निकालेर तामागी वेभसाईट भ्रमण गरी दिनु
भएकोमा ह्रिदय देखिनै धरै धरै धन्यवाद अनि आभार प्रकट गर्न चाहन्छौं ।
हामी तपांईहरु संसारको जुनै भागमा भएता पनि
तपांईहरु सामु पुग्न चाहन्छौं । त्यसैले गर्दा आफ्नो छोटो परिचयका साथसाथै
केहि तस्बिरहरु संलग्न गरी tamagi@hotmail.co.uk मा पठाई दिनु भई " ङोसेबा
म्हिसेबा " गरी दिनु हुन्छ होला भन्ने ठुलो आशा लिएका छौं । आशा छ यो आशा
अवश्य पनि पुरा हुन्छ होला ।
यहांहरुको अनुमती भएमा
हामी यहांहरुको विवरण तामागी वेभसाईटमा पनि छाप्ने प्रयत्न गर्नेछौं ।
त्यस्तै प्रकारले
हामीलाई प्रत्येक देश अथवा मुख्य शहरहरुबाट तामागी वेभसाईटको लागी
प्रतीनिधीहरुको आवश्यकता पनि महसुस भएको हुनाले यहि पत्रद्वारा ईच्छुक
दाज्युभाई अनि दिदीबहिनीहरुलाई आफ्नु नाम अघाडी बढाई दिनु हुन हार्दीक
आव्हान गरीन्छ ।
धन्यवाद ।
वेभमास्टर
|