|
फेवातालको
सिरानैमा, पंचासेको काखमा

फेवातालको
सिरानैमा, पंचासेको काखमा
घुम्दै फिर्दै, जाउंन हजूर, तामागी है, गांउमा - २, फेवातालको
सिरानैमा
पोखराको बजारैमा, किनमेल गरेर
बसैमा चढी जाने, नौ डांडां काटेर
लुम्ले र भदौरीलाई, दांया बांया पारेर - २
जांउन है, धुम्न है, हाम्रो तामागी, फेवातालको सिरानैमा
लाली गुरांस फुल फुल्यो, बन पाखा ढपक्कै
डांफे मुनाल नाची दिंदा, मन मेरो हुरुक्कै
लाहुरे दाईको कर्के नजर, मै माथी परीगो - २
जांउन है, धुम्न है, हाम्रो तामागी, फेवातालको सिरानैमा
धौलागीरी माछापुछ्रे, अन्नपुर्ण हिमाल
लाहुरे दाईले दिनु भाको, कुसुमे रुमाल
मायालुको यादले रुन्छ, मन मेरो धुरुरु - २
जांउन है, धुम्न है, हाम्रो तामागी, फेवातालको सिरानैमा
फेवातालमा डुंगा चढी, पामे बजार झरौंला
चैनपुरको उकालीमा, मायाप्रीती गांसौंला
दमदमे र कुतपी डांडां, सिधानेको मायाले - २
जांउन है, धुम्न है, हाम्रो तामागी
फेवातालको सिरानैमा, पंचासेको काखमा
घुम्दै फिर्दै, जाउंन हजूर, तामागी है, गांउमा - २, फेवातालको
सिरानैमा रक्षबन्धन
गुरुङ, बेलायत
Rachha Bandhan
Gurung MBE, United Kingdom
स्वर: अन्जु पन्त, रचना र संगीत:
रक्षबन्धन
गुरुङ, बेलायत
यस गीत सुन्नको लागी Mozilla Firefox users हरुले Plugins
download गर्नु पर्ने आवश्यकता मात्र नभई IE users हरुलाई पनि
अन्य कठिनाईहरु आई पर्ने भएको हुनाले कृपागरी Internet
Explorer प्रयोग गरी दिनु होला । केहि कठीनाई आएमा tamagi@hotmail.co.uk मा Web
Administrator लाई सुचना दिनु होला । धन्यवाद ।
Dedication
I would like to dedicate this
song to all Tamagians and our neighbours from neighbouring
villages in Nepal, and around the world. My special
dedication also go to my wife, Jamuna, and the whole family
for their kind support.
I would also
like to thank my brother, Capt Hombahadur Gurung, and
bhauju for their help. A big thank you also go to
both the
arranger Mr Niraj Kumar, and the singer, Anju
Panta.
I would also like to thank those
who have recognised the beauty of this song, and started to
shower us with their appreciations.
All rights reserved by the
songwriter and composer of the melody.
Mr R Gurung MBE 12/11/09 |