|
तामागी
- देशको
मानचित्रबाट मेटिदैं थियो !

शहरले अपहरण गरेको
छ, तिम्रो आत्मा
र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी
देश, म त्यही आस्था र ढुकढुकी खोज्दै
यस्तो गाउंमा आईपुगेको छुं
जहां मान्छेहरु भन्दा बढी घरहरु छन्
जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्
मेरो अनुहारनै
एउटा प्रश्न भएर अगाडि उभिए पछि
गाउंका बृद्ध मुखिया ओतेले भने -
"युवतीहरु सपना खोज्न शहर पसेका छन्
युवाहरु जिवन खोज्न बिदेश पसेका छन्
र प्राण थामि रहेका बुढा बुढीहरु
आंगनमा काल पर्खेर बसेका छन्
यो गाउंको तातो पसिना
बिदेशको माटोमा बगेको छ
यो गाउंको तातो रगत
बिदेशको पानीमा बगेको छ ।"
मैले सोधें -
"कसले रोपेर गए
लाहुरे फुलका यि उदास बोटहरु ?
कसले गोडेर गए
फुलबारी, करेसाबारी र खेतबारीहरु ?
खोई बिहान जगाउन
भालेहरु बासेको यो गाउंमा ?
खोई गाउं ब्युंझाउन
हिमालहरु हांसेको यो गाउंमा ?"
गाउंको जम्मै उज्यालो बिदेश लैजाने
छोरा छोरीहरु सम्झदै
बृद्ध मुखिया आतेले रुंदै भने -
"लाहुरे फुलहरु नओईलाउंदै
र बिहान ब्युंझाउन भालेहरु नबास्दै
उनीहरु आएनन् भने
मृत्यु आउने छ हाम्रा ओछ्यानहरुमा
हामीहरु सबै यसरी मर्नेछौंकी
मलामी जान पनि कोही बांकी रहने छैनन् !"
मैले देखि रहेको थिएं -
शहरमा एक रात पनि बास नपाएर
संवेदनामा संस्कृतिहरु गाउं पस्दै थिए
र यहि क्रममा
तामागी
देशको मानचित्रबाट मेटिदैं थियो !
- भुपीन व्याकुल, रचनास्थल: तामागी, २०५५
The above poem was
written by Bhupen Byakul during a literary movement called
'Conservation Poetry Movement' in 2055 led by Saru Bhakta, a
renowned contemporary poet in Nepalese literature.
Poets involved in this movement trekked to villages and wrote poems
on the spot using natural, social and human images of the village
life. They, not only, wrote poems but also recited them to the village
people and organised poetry symposiums. This movement is very
popular in Nepal these days.
Bhupen Byakul
from Baglung who spent some time in Pokhara studying at Prithwi
Narayan Campus, Pokhara, was also associated with this movement for
a very long time. He is currently in teaching profession
(lecturer) at Sapta-Gandaki Campus, Chitwan.
Poem and photograph
kindly supplied by Mr Vikram Gurung, Hong Kong for publication in
the Tamagi website.
We would like to express our heartfelt
thanks and special gratitude to the highly respected poet, Bhupen
Byakul, for kindly allowing us to publish his poem about our
beautiful village, Tamagi, in the Tamagi website.
The Editor,
Tamagi Website (04/11/09) |