Namaste and welcome to Tamagi website, your gateway to Tamagi (our ancestral home/village for centuries).   Helping bring Tamagi closer to your heart, wherever you are.  Most importantly helping bring all Tamagians together.  तामागी वेभसाईट तपाईंहरुको आफ्नै वेभसाईट भएको हुनाले रोचक लेख, फोटो, भिडीयो साथै अन्य सामग्रीहरु पठाई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछुं। संपादक

 Home  Introductory Tamagi Bird's-Eye View FAQ News & Events Gallery Products Blog Greetings Youth World Children's Corner Lho Patro Contact Us

Awards/Degrees Historical Facts Development Reports Tamu Qih Lodu Family Tree Who is Who?  Who is Where? Who is doing what? Where are Tamagians now?

BFBS Gurkha Radio Typical Nepalese Himalayan Villages Nepalese Himalayan Culture Photo Gallery Home Videos

तामागी गाउं बिकाश योजना

आफ्ना सन्तानहरुको भवीष्यको चीन्ता कसलाई हुंदैन र । त्यसैले होला हाम्रा बाउ बाजेहरुले हाम्रो भविष्यको निम्ती बिस्तारै बिस्तारै तामागी गाउं छाडेर शहर, बजार, मधेश, राजधानी र बिभिन्न देशहरुमा गई बसोबास गरीरहेको आज हामी पाउंछौ ।

आज हामी केही जान्ने, सुन्ने अनी बुझ्न सक्ने भएका छौं । गाउं छोडनुको कारण हामी हुन सक्छ, तर दोषी चाहीं हामी अवश्य पनि होईनौ । गाउं रित्तो अनि भगनाआवशेस घरहरु देख्दा अनि उहीलेका ढुङगे बाटोहरु हराएको देख्दा, चौतारीहरु, म्हनेहरु, कुवाहरु, पानी पंधेराहरु, घर आंगनहरु जङगल भएको द्धृश्य देख्दा बिदेशमा रहेका र भविष्यमा आउने हाम्रा सन्तानहरुले आफ्ना गाउं घर चिन्नु त परै जाओस भेटाउन पनि कठीन पर्ने स्थिती हामी सामु देखा परेको छ । यदी यहि अवस्था रही रहने हो भने हाम्रो गाउं संगै हाम्रा संस्कृती, स‌ंस्कारहरु, सांस्कृतीक पक्षहरु, चाडपर्वहरु, परमपराहरु, तामागी गाउंको सम्पदा र प्राकृतीक सम्पदाहरु पनि हराउने सम्भावना देखीन्छ ।

   

स्यहार्ने आफन्तहरुको खांचो छ मलाई

ढुङगे बाटाहरु बिस्तारै हरांउदै छन ।

पुजारी अनि भक्तजनहरुलाई कुर्दैछन देबी देवताहरु

यस्तो अवस्थामा मेरो पुस्ताले (मेरो दुइ छोराहरु छन् र बाबा ८७ वर्षको हुनुहुन्छ) अग्रसर्ता लिएर गाऊँलाई पहिलेकै अवस्थामा ल्याऊन सक्यो भने र हाम्रा अग्रजहरुलाई बुढेस्कालमा गाऊँमा गई बाँकी जीवन ब्यतित गर्न सकिने वातावरण सृजना गरी दिन सक्यौं भने मात्र उहाँहरुको बलिदानको कदर् हुन्छ भन्ने मलाइ लाग्दछ । उहाँहरु जानुहोला वा नजानुहोला, गएर बस्न सक्नु होला अथवा नसक्नुहोला त्यो आफ्नै ठाउँमा छ, तर अवस्था मिलाइ दिने जि्म्मेवारी र कर्तब्य हामीहरुको हो ।

हामीले गाउँ छाडेको निकै भइसक्यो र हा्मीमा धेरै परिवर्तन आई सकेको छ । हाम्रा रहन सहनमा, लवाई खुवाईमा, संस्कारहरुमा, भाषामा निकै परिवर्तन आइसकेको छ । हामीहरु पहिलेका जस्तै चाँही अवश्य पनि छैनौ । यस परीप्रेक्षमा परंम्परागत खेती गरेर अबका पुस्ताहरुले बाउ बाजेहरुले जस्तै खेती किसान गरेर जिविका उपार्जन गर्न सकने समय देखीन्न । यस्तो स्थितीमा गाँउमा गएर कसरी बस्न सकिन्छ त ? यसको उत्तर मैले झण्डै ३ महिना अघी श्री रक्ष गुरुङ (वेभ संचालक) लाई यस वेभ साईटमा छापी दिनु हुन अनुरोध गरेको थिएं र त्यस बेला धेरै राम्रा राम्रा कुराहरु सबै ठाँऊबाट आएको थियो ।

हामी आज गाऊँ छाडेर विश्वभरि छरेर बसेका छौं । गाऊँमै त्यस किसीमको आम्दानी हुन सकेको भए र सुबीधा भएको भए शायद हामी सबै गाऊँमानै हुन्थौं होला । त्यसैले अहिलेको समय सुहाऊँदो, सबैलाई मिल्ने खालको र देशको आवश्यकता अनुसारको गाऊँमा कुनै कार्यक्रम गर्न सक्यौं भने मात्र गाऊँलेहरु फेरि गाऊँमा फर्किने सम्भावना म देख्दछु । त्यसैले पर्यटन संग सम्बन्धित कुनै कार्यक्रम गर्न सक्यौं भने अवश्य पनि यसले गाऊँलेहरुलाई गाऊँमा आकर्शित मात्र गर्ने होइन आर्थीक फाइदा पनि दिन सक्छ भन्ने मलाई विश्वास लाग्दछ । यही सोँच राखेर मैले ‘मेरो सपना’ तामागी वेभ साईटमा छापेको थिएँ । र यही सोंचलाई नेपालमा रहेका हाम्रा तामागीका आफन्तहरुसंग बांढ्नु गत जुलाई महिनामा म नेपाल गएको थीएं ।

क्याप्टेन श्री होम बहादूर गुरुङको अग्रसरतामा २६ जुलाईमा काठमाडौंमा प्रथम पटक तामागी भेला सम्पन्न भएको थियो । ईन्सपेक्टर तेज बहादुर गुरुङ, क्यापटेन होम बहादूर गुरुङ तथा वहाँको श्रीमती, श्री हेम गुरुङ र वहांको बहिनी मीरा गुरुङ, बसुधा गुरुङ र वहाँको भाई र आमा, श्री सागर गुरुङ, श्री बुद्धीमान गुरुङ र वहाँका परिवारहरु गरी जम्मा १७ जनाको उपस्थिती थियो । त्यस भेलामा मलाई तामागी गाऊँ बिकास योजना अन्तर्गत भविष्यमा संचालन हुने Tamagi: The Stone Village Resort को अवधारणा प्रष्ट पार्ने मौका मिलेको थियो । र त्यहाँ पनि यस योजनाबारे असाध्यै राम्रा सुझाऊहरु आएको थियो र यस कार्यक्रम सबैलाई मन परेको अनुभव मलाई आभाश भयो ।


काठमाडौमा तामागी भेला।

त्यस पस्चात पोखरामा अगस्त १ तारीखका दिन यहि अवधारणा सम्बन्धमा बृहत तामागी भेला सम्पन्न भएको थियो । झण्डै प्रत्येक घर बाट कमसे कम १ जना परीवारको सदस्यको ऊपस्थिति रहेको थियो । उक्त भेलामा मैले The Stone Village Resort को अवधारणा प्रष्ट पारे पछि त्यहाँ भएका समुहलाई तीन समुहमा विभाजन गरी सामुहीक छलफल गर्न लगायौं: युवा समुह, आमा समुह र बाबा समुह.। सबै समुहहरुले छलफल गरे पछि अ-आफ्ना समुहमा भएका कुराकानी र निर्णयहरु प्रस्तुत गरे। युवा समुहबाट श्री रामकाजी गुरुङले, बाबा समुहबाट श्री सुन्दर गुरुङले र आमा समुहबाट श्रीमती बिध्या गुरुङले अ-आफ्ना समुहमा भएका अमुल्य सुझाउहरु सुनाई यस कार्यक्रमलाई अनुमोदन गरे । यसरी सबै तामागी बासीहरुले आफ्नो गाँउलाई फेरी आबाद पार्न, त्यहाँका संस्कार, संस्कृति, सांस्कृतीक सम्पदाहरु, प्राकृतिक सम्पदाहरुलाई बचाउने तैयारी भएका छन् । सबै समुहहरुको ऊत्साह देखेर म निकैनै प्रभावित भएको छुं । त्यसै भेलामा आमा समुहले एकै साता भित्र दुई दिनको लागि गाउँमा गई बाटो सफा गर्ने निर्णय गरि त्यस भेलाको वातावरण अझै उत्साह जनक बनाएको थियो । तामागीका जुंवाई क्याप्टेन श्री भुवनसीङ गुरुङले यस् गाँऊमा हुन सक्ने
कफि, चिया र तेज पत्ताको खेतिबारे चर्चा गरि गाऊँलेहरुलाई ऊत्साह दिनु भएका थिए । त्यस भेलामा कुइरे डांडाका भाईहरुको पनि सहभागिता रहेको थियो ।


युवा टोलीबाट श्री रामकाजी गुरुङले समुहको बिचार प्रस्तूत गर्दै हुनुहुन्छ ।


आमा समुहबाट श्रीमती विध्या गुरुङले समुहको बिचार प्रस्तूत गर्दै हुनुहुन्छ ।


बाबा समुहबाट श्री सुन्दर गुरुङले समुह बिचार प्रस्तूत गर्दै हुनुहुन्छ ।

तामागीका जुवाँई क्याप्टेन श्री भुवनसिङ गुरुङले नगदे बाली सम्भावना सम्बन्धमा आफ्ना बिचार पोख्दै हुनुहुन्छ ।

अगस्त महीनाको १३ र १४ तारीखका दिन झण्डै २६/२७ जनाको जमात तीन समुहमा विभाजीत भई तामागी गएका थियौं । १६ जना जीपमा गएका थिए, ४ जना Mountain bike मा (२ प्रशिछक्) र ६ जना motorcycle मा गाउँ पुगेका थिए। Mountain bike मा जाने युवाहरुले पोखरा देखी Mountain biking को सम्भावनाको अध्यन गरेका थिए भने बाँकी समुहले देउराली देखी तामागी सम्म बाटो सफा गर्दै जुगाहरुसंग र वर्षा सङ लड्दै भिडदै तामागी पुगेका थिए । युवा टोलीहरुले अरु adventure sports जस्तै rock climbing को सम्भावनाको अध्ययन् गर्ने निधो पनि गरेका छन ।


गाऊँलेहरु जीपबाट ओर्लेर देऊराली हुदै गाँउ तिर लाग्दै हुनु हुन्छ ।


गाऊँको बाटो सफाईमा आमा समूह्।

युवाटोली adventure sports को सम्भावना बारे अध्यन् गर्दै पोखरा तिर जाने तैयारीमा।

पहिलो सभामा निर्णय भए बमोजीम १९ अगस्तका दिन फेरि तामागी भेला गरी तदर्थ समिती गठन गरी २२ अगस्तमा म हङकङ फर्कें । तदर्थ समितिका पदाधिकारीहरु निम्न प्रकार छन् ।

अध्यक्ष : सुबेदार श्री कर्ण बहादुर गुरुङ
ऊपाध्यक्ष : श्री घन बहादुर गुरुङ
सचीव : श्री रामकाजी गुरुङ
सहसचीव : श्री आनन्द गुरुङ
कोशाधक्ष्य : श्रीमती बिध्या गुरुङ
सदस्य : श्रीमती राम कुमारी गुरुङ
सदस्य : श्रीमती प्रेम कुमारी गुरुङ
सदस्य : श्री शेरमान गुरुङ
सदस्य : श्री बिजय गुरुङ
सदस्य : श्री राजेन्द्र गुरुङ
सदस्य : श्री जुमप्रसाद गुरुङ
सदस्य : श्री कल्याण (कर्ण) गुरुङ
सदस्य : श्री प्रेमलाल सुनार

सल्लाहकारहरु:

क्याप्टेन श्री याम बहादुर गुरुङ (बाहेँमै परा)
क्याप्टेन श्री याम बहादुर गुरुङ (लेम्मै परा)
क्यापटेन श्री होम बहादुर गुरुङ
लेप्टेन श्री राम बहादुर गुरुङ
श्री बैंशबहादुर गुरुङ
श्री सुन्दर गुरुङ
श्री लोक बहादुर गुरुङ
श्री हेम गुरुङ (Norway)
श्री विक्रम गुरुङ (Hong Kong)



तदर्थ समीतीको गठन् गर्दै छन् तमागीका गाऊँले हरु।

हङकङ आऊने बाटोमा, काठमाण्डौमा पुरानो घरहरुको विशेषघ्य श्री रविन्द्र पुरी संग भेटेर The Stone Village Resort को अवधारणा सुनाएपछि वहाँलाई तामागीमा जाने आग्रह गरें । यहि सेप्टेम्बर् महिनामा मेरो अनुरोधमा गुरुङ संम्पदा, प्राकृतिक संम्पदा, र गुरुङ घरहरुको बनावट अध्ययन गर्न वहाँ तामागी जानुको लागी ऊत्सुक हुनु भएका छन् । (स्मरण रहोस् रविन्द्र पुरि ले भक्तपुरमा नमुना घर बनाएर नेवारी स्थाप्यकला (architecture) को फेरि परिचय दिएका छन् । आधी सताब्दी भन्दा अघि Tony Hagen ले देखेका भक्तपुरका घरहरुलाई वहाँले फेरि बनाएर निकैनै चर्चित हुनु भएका छन । रबिन्द्र पुरी को विषयमा अझै जान्न इच्छुक हुनु हुन्छ भने http://rabindra.com.np/index.htm मा जानुहोस ।)

त्यसरीनै भविष्यमा तामागीको रूपरेखा कस्तो देखिन्छ होला भन्ने जिज्ञासा लिएर मेरो धेरै पुराना मीत्र समाज शास्त्री श्री गणेश गुरुङले कलाकार श्रीमती अशमिना रंजितलाई (Fulbright Scholar) नक्शा तैयार पार्न अनुरोध गरेका छन् । नक्शा तैयार भई सकेपछि यसै वेभसाईट मार्फत सबै गाँऊले हरुलाई ऊपलब्ध गराऊने छुं । मेरो अनुरोधमा मेरा कवि मित्र श्री तीर्थ श्रेष्ठले शायद दशैं ताका केहि कलाकारहरुको समुहलाई लिएर तामागी गई तामागीका र तामागीबाट देखिने द्श्यरुको चित्र कोर्ने छन् । कोरिएका चित्रहरुलाई पोखरामा प्रदर्शनीको रुपमा तामागी चित्रहरु प्रदर्शन गरिने छन् । यस विषयमा यहाँहरुलाई पछि जानाकारी दिने प्रयास गर्नेछुं ।

तदर्थ समितीले सब भन्दा पहिले The Stone Village Resort को विधान तैयार गर्ने छन, पर्यटनका विभिन्न सम्भावनाहरु, परम्परागत् (organic farming) तथा नगदे बाली सम्बन्धमा, बन तथा बन्य जीव जन्तुको अध्यन् गर्ने छन् र साथसाथै बाख्रा पालन शुरु गर्ने छन् । जंगल् भई सकेको गाऊँलाई बाख्राहरुले सफा गर्ने छन र यसको साथमा केहि आम्दानी पनि गराऊने छ । बाख्रापालनमा लाग्ने भाईहरुले यस गतिबीधीका साथसाथै गाऊँका बाटाहरु, कुवा पंधेराहरु, र घरहरुको देखभाल गर्ने छन् । र पहिलो गुरुङ नमुना घर छिट्टैनै तैयार गर्ने कोशिश गरिने छ।

विधान् तैयार भइ सकेपछि तदर्थ समितीको बिघटन गरी मुल समितीको गठन हुनेछ, र त्यस मुल समितीले बाँकी कामहरु अघि बढाऊने छन ।

यो कार्यक्रम संचालन गर्नको निमित्त केही धन राशीको आवश्यक्ता पर्दछ, त्यसैले सबै गाऊँलेहरुले अ-आफ्नो तर्फबाट केहि राशी ऊपलब्ध गराऊनु सक्यो भने समितीलाई काम गर्न सजिलो पर्ने थियो । त्यसैले संसार भरि छरिएर बसेका तामागी बासीहरु संग अर्थ संकलनको लागी म हार्दीक अनुरोध गर्दछुं । तँपाईहरुले दिनुभएको रकमलाई तँपाईको लगानीको रुपमा राखिने छ ।

अन्तमा एऊटा अनुरोध । मैले श्री हेम गुरुङको (Norway) तामागीको संरक्षण सम्बन्धी लेख पढने मौका पाएको थिएं र सारै राम्रो लाग्यो । ऊहाँको संरक्षण योजना तामागी बिकास योजनाको उद‌ेस्य अन्तर्गत पर्ने हुनाले र यस योजनाले ती सबै काम गर्ने हुनाले ऊहाँको योजनालाई पनि यसैमा समावेश गरेमा कसो होला? त्यस्तै गरि हाल पित्री घर निर्माण गर्ने कुराहरु चलिरहेको छ र त्यसलाई पनि यसै योजनामा समेटेका छौ ।

विक्रम गुरुङ (Hong Kong)

5 September 2009

Disclaimer

The views expressed in any of the articles published in this website are those of the authors, and do not necessarily reflect the views of the site owner and the web administrator.

यस वेभसाईटमा प्रकाशित लेख, रचना, कथा अनि कविताहरु लेखकका आफनै हुन र वेभसाईट संचालकको बिचार हैनन । र जती पनि छापीएका लेख अनि तस्बीरहरु हाम्रा सुःख अनि दुःख बांटने एक माध्यम मात्र नभई परिचय अनि प्रेरणाको श्रोतका साथसाथै सुचनाबर्द्धक, ज्ञानबर्द्धक र शैक्षीकात्मक पनि बनोस भन्ने हेतुले छापिएका हुन र यसलाई अन्यथा नसं‌झीदीनु हुन् सम्पुर्ण आफन्त अनि ईस्टमीत्रहरुमा बिनम्र अनुरोध गरीन्छ, धन्यवाद। वेभ संचालक

Thank you for visiting Tamagi website!

This site has been visited  Hit Counter times since 5 August 2007

Home | News & Events | Gallery | Products | FAQ | Blog | Youth World | Contact Us | Bird's-Eye View of Tamagi | Learn Tamu Qih

Questions or problems regarding this web site should be directed to tamagi@hotmail.co.uk
 Copyright © 2002 [Tamagi Village]. All rights reserved.
 Last modified: Sunday, 13 May 2012