|
रङ्ग अन्तरङ्गमा तमागी गाउँ

नेपालका
धेरै गाउँमध्ये एक सुन्दर गाउँ तमागी मैले सानैदेखि सुन्दै आएको
नाम हो। तर त्यस बेला म सानो भएकोले थाहा थिएन त्यो गाउँ कुन
दिशामा पर्छ। धेरै मानिसको सम्बन्ध र सर्म्पर्कबाट पछि मात्र
मलाई थाहा भो यो गाउँ कास्की जिल्लाको फेवाताको सिरान
पामेमाथिको गाउँ र पोखरा बागलुङ राजमार्ग लुम्ले काँडेबाट
छुट्टिएर कच्ची बाटो हुँदै दक्षिण पश्चिम दिशामा अवस्थित
प्रसिद्ध पञ्चासे लेखको काखमा रहेको भौगोलिक सुन्दर गाउँ रहेछ।
पोखरेली युवा साँस्कृतिक परिवारको २९ औं समता कला कार्यशाला
यसपाली तमागी गाउँमै राख्ने र गर्ने निम्तो दाइ विक्रम गुरुङले
गर्नुभएको रहेछ। चैत १३ र १४ गते स्टोन भिलेज रिसोर्ट
तमागीवासीको सहयोगमा परिवारको २९ औं समता कला कार्यशाला तमागीमा
गर्ने निधो भयो। शुक्रबारको दिन दिउँसो साँडे दुर्इ बजे तिर
हामी कलाकारहरु पोखरा विन्दवासिनी परिसार अर्चलबोटबाट रिर्जर्भ
जिपमा चढी गन्तव्य तर्फ बढ्यौं। हेमजा, मिलनचोक, सुइखेत फेदी
घट्टेकुलो हुँदै काँडे नौडाडाको उकालोमा हाम्रो जिप फन्को मादर्ै
थियो। बाटोमा सुइँखेत फाँट टाउन प्लानिङ अर्थात प्लटिङ गरेको
देख्न सकिन्थ्यो। भदौ, असोज महिनामा धान फल्ने सुइखेत फाँट
हरियो पहेंलो धानको बालाहरु हावामा सल्वलाउँदै नाच्दै गरेको
देखिन्थ्यो। तर अब केही वर्ष पछाडि कङ्क्रिट सहर बन्नेछ।
राजापृथ्वीनारायण शाहले खानी भए बस्ती अन्तै बसाल्नु भन्ने
दिव्यपदेश अहिले सम्झना हुन्छ। हामी चढेको जिप लुम्ले काँडे
आइसकेपछि दक्षिण पश्चिम मोहडातर्फ मोडियो। केही क्षणपछि हाम्रा
तमागी गाउँका अगुवा भरत गुरुङजीले निवर्तनमान प्रधानमन्त्री
पुष्पकमल दाहाल 'प्रचण्ड’ को पुरानो घर यही माथिनिर हो भन्दै
थियो। चैतमासको खडेरी धुलोले बेस्सरी हामीसँग होली खेलेको थियो।
जिपभित्र ठट्यौली गफगाफ बेस्सरी चल्दै थियो। मेरो छेउ बसेका
दीपक थापा मुसुमुसु हाँस्दै थिए।
हामी चढेको जिप कहिले उकालो कहिले ओरालो अनि खोच छिचोल्दै भदौरे
गाउँसम्म पुग्यौं। भदौरे गाउँ एक चर्चित गाउँ पनि हो।पोखराका
साँस्कृतिक धरोहर तथा पोखरा उप-महानगर पालिका नवरत्नद्वारा
सम्मानित स्व. मिनबहादुर गुरुङ (डाँफे बुढो) को गाउँ हो। उहाँले
नेपाली ठेट लोक संस्कृति जगेर्ना गर्नुभएको छ भने थुप्रै गुरुङ
संस्कृतिसम्बन्धी डकुमेन्ट्रीहरु बनाउनु भएको छ। त्यहाँ गाउँको
चोक जस्तै चिया पसलहरु रहेछ। अपरान्ह ४:३० बज्दै थियो। हामी
आधाघण्टा जति त्यही खाजा नास्ता गर्यौं। समूहमा एकमात्र महिला
कलाकार मिलन शेरचन बाख्राको पाठापाठीसँग फोटो सेसन गर्दै थिए।
त्यसपछि हामी पुन तमागीतर्फ लाग्यो।कवि तीर्थ श्रेष्ठ, कलाकार
दुर्गा बराल, पर्यटन विज्ञ नीलकण्ठ शर्मा परिवारका कला संयोजक
भाई विश्व केसी भदौरे गाउँबाट पैदल हिंडेर तमागी गाउँ पुग्नुभयो।
भदौरे गाउँ र तमागीबीच चुले डाँडा भन्ने ठाउँमा झयाप्प एक छिन
जिप रोकियो।त्यही अलि माथि सुन्दर दाइले हामीलाई लग्नुभयो।
त्यहाँबाट देखिने गाउँहरु सराङकोट, कास्कीकोट, नौडाँडा,
पाउँदुर, काँडे, चन्द्रकोट, धम्पुस, सल्यान, सिधाने, कुदवि
डाँडा, दमदमे, मकवानपुर सेसेलुचौर, दाङसिङ, मोहोरिया, सवेत,
उल्लेरी, भुकताङले, देउपुर, चित्रे, दर्लुङ, बाजुङ, लाङदी
साथैपूर्व देखि पश्चिमसम्मका लामो लस्कर अन्नपूर्ण,
माछापुच्छ्रे र धौलागिरि हिमशृङ्खला र्छलङ्ग देख्न सकिन्थ्यो।
यस ठाउँलाई भ्यूपोइन्टका रूपमा व्यवसाय बनाउन सकेमा पर्यटक यहाँ
आनन्द मान्दै आएर दृश्यावोलोकन गर्ने थियो। होटल पर्यटन राम्रो
चल्ने थियो साथै आन्तरिक पर्यटकको सङ्ख्या पनि बन्ने थियो।
साँझको ६ बजिसकेको थियो। गाउँमा एकमात्र परिवार थियो। त्यत्ति
ठूलो गाउँमा। घर मुली वृद्ध देउबहादुर गुरुङले आँगन र पिंडीमा
गुन्द्री ओछयाएर हामीलाई स्वागत गर्दै थिए। कलाकार बुद्धि
गुरुङ गुन्द्रीमाथि थ्याच्च बस्दै डङइङ स्केच गर्न थाल्नुभयो।
म पनि आफ्नो स्केच बुक झिकेर एकछिन भए पनि अघिल्तिर बसी रहेको
मिलन शेरचन दिदीको मुहार चित्र कोर्न थालें। हामीले स्केच
थालेकोले युवा भाइहरु कमल गुरुङ, विकास श्रेष्ठ र दलबहादुर
गुरुङ पनि स्केच कोर्न सुर कसे।
यस समता कला यात्रामा सहभागी हुन कुश्मा पर्वतबाट भाई गणेश जिसी
पनि आईपुग्नुभएको थियो। साँझको धिरमिरे उज्यालो लोडसेडिङ
नभएकोले होला बत्ती पनि झलमल्ल उज्यालो थियो। हामी सबै चौघेरा
भएर आँगनमा बसेका थियौं। गाउँलेहरुको तर्फबाट उपस्थित सबैलाई
चिया र नारीपाँले स्वागत गर्न सुरु भयो। रमाइलो साँझ थियो। गीत,
कविता, गजल र मुक्तक सुनाउने क्रम पनि चल्दै थियो। कुश्माका
गणेश जिसी भाइले एउटा रोचक प्रसङ्ग थाल्नुभयो आफू विद्यार्थी
छँदा आफ्ना शिक्षकलाई आफूले बनाएको पेन्टिङ सिसा फ्रेम सहित
उपहारदिएको र पछि गुरुको घरमा जाँदा उक्त सिसाको फ्रेममा
पेन्टिङ नभएर गुरुको स-परिवारको फोटो सजाएर राखेको सर्न्दर्भ
सुनाउनुभयो। गाउँकै वडाअध्यक्ष सुवेदार कर्णबहादुर गुरुङ जो ७७
वर्षको वृद्धा हुनुहुन्थ्यो उहाँले नेपालको सरकारी
कार्यालयहरुमा हुने ढिलासुस्ती तथा भ्रष्टाचारलाई कवितामा
कोरेर राख्नुभएको रहेछ। त्यस कवितालाई हामी सबैमाझ गीतिलयमा
तालीको ताल मजाले सुनाउनुभयो। महिला कलाकार दिदी मिलन शेरचनले
प्रधानामन्त्री माधवकुमार नेपलको बोलीको नक्कल गर्नुभयो।
त्यस्तै नेपालको प्रसिद्ध टेलिचलचित्र दलनका प्रमुख पात्र
प्रकाश घिमिरेले हास्यव्यङ्ग्य क्यारिकेचर गर्दै गीत गाउनुभयो।
त्यस्तै युनिसेफ पश्चिमाञ्चल क्षेत्रका पूर्व निर्देशक सुन्दर
गुरुङले आफ्नो कार्यकालमा छँदाको अनुभवहरु पनि बताउनुभयो।
हाम्रो खानपिनको पनि समय भएकोले खानपिनतर्फ लाग्यांै। त्यस समय
हामीलाई माईत आउनु भएकी गोमा गुरुङले खानपिन बनाउन धेरै सहयोग
गर्नुभएको थियो। साथी भरत गुरुङले सुत्नको निम्ति सबैलाई
मिलाउँदै थिए चार पाँच जना हामी सुन्दर गुरुङसँग हेमबहादुर
गुरुङको घरतर्फ लाग्यौं।
भोलि बिहान हामी सबेरै उठेर बाहिर आँगनमा यता उति दृश्यहरु
हेर्दै थियौं। सायद छ बज्दै थियो। भित्रबाट दाइ सुन्दर गुरुङले
आफैले बनाएर ल्याएको कफी पियौं। हामी बसेको घर रिसोर्ट
होटलजस्तै थियो। घर पुरानो शैली थियो। भित्र आधुनिक शैलीका
लक्जरी ट्वाइलेट बाथरुम किचन डाइनिङ हल थिए। साथै बङ्गाली
कलाकार र नर्वेली कलाकारले बनाएका जनजीवनमा आधारित पेन्टिङ
भित्ताहरुमा सजाएर राखिएको थियो। बाहिर ठूला-ठूला भलिबल खेल्न
सकिन पाटे गराहरु जो दुवोले ढाकिएका थिए। गोपाल श्रेष्ठ दाई
खाली पैतालाले दुवो माथि टेक्दै यताउति गर्दै थिए। छेउमा
ढुंगाकै डाइनिङ टेबल थियो। अलि माथि दुर्इ सय मिटर अग्लो चैत्य
गुम्बा र घुमाउने मानेहरु राख्ने ठाउँ निर्माण अवस्थामा थिए।
यो सबै निर्माण नवर्ेमा बसोबास गर्दै आउनुभएको हेमबहादुर
गुरुङले बनाउनुभएको हो। उहाँको आफ्नो संस्कार भेषभूषा रीति
रिवाजहरु र पराम्परा जगेर्ना गर्ने इच्छा भेटघाटमा हामीसित
बताउनुभयो। उहाँ फरक संस्कारमा बसेको हुनाले कल्चर क्राइसिस
महशुस भई रिटायर जीवन आफ्नै गाउँमा बस्ने र पर्यटन क्षेत्रलाई
विकास गर्ने उहाँको रहर रहेछ।
बिहानको घामको तामक्रम पनि बढ्दै थियो। अलि तलपट्ट गाउँमा एउटा
कुनामा जुझारु कलाकार क्षेत्रलाल कायस्थ पेन्टिङ गर्दै थिए।
दुर्गा बराल सर पनि त्यही ढुङ्गेपाटे टेबलमाथि सानो कदको इजेल
ड्रइङ र स्केचको लागि मिलाउँदै थिए। गाउँको मुख्य चोक ढुङ्गाको
पर्खालमाथि भर्खरका युवा कलाकारहरु पेपरमा पानी रङ्ग बगाउँदै
फुलाउँदै थिए। त्यस्तै अकोर् कलाकार लोकप्रसाद गुरुङ सितालोमा
बसेर सानो स्केच पेडमा रफ ड्रइङ कोर्दै थिए। गोपाल श्रेष्ठ,
मिलन शेरचन, किरण रन्जित, सूर्य बराइली, रिक गुरुङ, दिपक थापा
आदि अघि सबै तमागी गाउँको मुहार चित्र रूप खोज्न आ-आफ्नै धुनमा
थिए। यत्तिकैमा अलि पर दाइ विक्रम गुरुङले हामीलाई फोटो खिच्दै
थियो। उहाँ पोखराबाट बिहान आउँदै हुँदो रहेछ।
दिउँसो साँडे दुर्इ बजेको हुँदो हो। सुन्दर गुरुङको घर र आँगनमा
हामी सबै त्यहाँ उपस्थित थियौं। गाउँमा सुनसान र चापी लगाएको
रहेछ। स-परिवार पोखरामा बस्ने हुनालो गाउँ प्राय सुनसान थियो।
गाउँमा पानी बत्ती सबै छ तर शून्य छ। त्यहाँका मानिसहरु प्राय
पोखरा, काठमाण्डौं, मधेश, हङकङ, बेलायत छन्।मानवीय स्वभाव
परिस्थिति बाध्यता भनांै अवसर र रोजगारको खोजीमा देश परपदेश
जाने गर्छन्। एउटा सानो छोटो औपचारिक मन्तव्य कार्यक्रमपछि
त्यहाँबाट फेवाताल पामेको बाटो हुँदै पुन पोखरातर्फ फर्कियो।
हामी २५-२६ जना सबै एउटै जीपमा नअटाउने हुनाले दुर्इटा जिप
रिर्जर्भ गरेका थियौं तर जिप समयमै नआइ पुगेकोले हामी विस्तारै
हिड्दै थियौ। हामीभन्दा धेरै अघि साथी टाढाबाट हिंड्दै गरेको
देखिन्थ्यो। पछि एउटा जिप आइपुग्यो। पछिका हामी त्यसै जिपमा
चढ्यौं एकछिनपछि किरण रन्जित, विश्वरा पराजुली, रिक गुरुङ
पिकअफ गर्दै अघि बढ्यौं। धेरै अघि नीलकण्ठ शर्मा, दुर्गा बराल
सर, लोकप्रसाद गुरुङ, सुन्दर गुरुङ दाइहरु बाटोमा जिपको
प्रतीक्षामा थिए। जिप भरिएकोले उहाँहरुलाई दोस्रो जिपमा आउन
अनुरोध गर्दै पुनः हामी चढेको जिप अघि बढ्यो। साँझको ६ बज्दै
थियो हामी चढेको जिप पामे पुगेर रोकियो। भोक पनि लागेकोले सबै
खाजा खान होटलतर्फ लाग्यौं। पामे पोखरा देखि मानिसहरु माछा
खानकै निम्ति आउने गर्छन्। हामी चिया, माछा, चिउरा खाजा खायौं।
धेरै बेरपछि अकोर् जिप पनि आइपुग्यो। हाम्रो खाजा नास्ता
भइसकेकोले पुन हामी त्यहाँबाट अगाडि बढ्यौं केही क्षणको रफ्तार
पछि लेकसाइड हल्लनेचोक आइपुग्यो। साँझ परिसकेकोले लेकसाइडका
होटलहरु इर्न्भर्टरका सहायताले झलमल्ल बत्ती बलेको थियो। त्यही
बैदाम जरेबरमा तमागी गाउँका वडाअध्यक्ष तथा समाजसेवी
कर्णबहादुर गुरुङ ओर्लनुभयो। त्यसरी नै माछापुच्छ्रे टोलमा
मिलन शेरचन गर्दै सबैलाई आ-आफ्नो एरियामा छाड्दै हामी चढेको
जिप आफ्नो घर भदौरेतर्फ अघि बढ्यो।
तमागी गाउँमा सिर्जित पेन्टिङहरु पोखरा पि.एस.एम. आर्ट
ग्यालरीमा चैत २४, २५ र २६ गते तीन दिनसम्म प्रदर्शानी गरियो।
पोखरामा बसोबास गर्दै आउनुभएका तमागीहरुले आ-आफ्ना घर भएका
पेन्टिङ चित्र किनेर लगेका थिए। प्रदर्शनीमा कला पक्षभन्दा
कमर्सियल खालका पेन्टिङहरु बढी बिक्री भए। यो प्रदर्शनी
तुलानात्मकरूपमा थुप्रै पेन्टिङ बिक्री भएका थिए। एक जना
काठमाडौं बसोबास गर्ने तमागीवासीले मेरो घरको चित्र बनाउनुभएन
भन्दै गुनासो पोख्दै थिए।
कलाकारहरुले प्रकृतिको अध्ययन गर्न यसरी ग्रामीण भेकहरु जाने र
त्यहाँका भेषभूषा वातावरण र संस्कृतिको प्रत्यक्ष अनुभवबाट कला
सिर्जनामा उर्जा मिल्छ। त्यहाँको प्रत्यक्ष प्रभावबाट कलाकारले
आफ्नो कला सिर्जना तयार गर्ने हो। यस प्रदर्शनीले तमागी गाउँको
प्रचार-प्रसार भई पर्यटन प्रवर्द्धनको विकासमा टेवा पुग्ने छ।
पदम घले 25 July 2010 |