Namaste and welcome to Tamagi website, your gateway to Tamagi (our ancestral home/village for centuries).   Helping bring Tamagi closer to your heart, wherever you are.  Most importantly helping bring all Tamagians together.  तामागी वेभसाईट तपाईंहरुको आफ्नै वेभसाईट भएको हुनाले रोचक लेख, फोटो, भिडीयो साथै अन्य सामग्रीहरु पठाई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछुं। संपादक

 Home  Introductory Tamagi Bird's-Eye View FAQ News & Events Gallery Products Blog Greetings Youth World Children's Corner Lho Patro Contact Us

Awards/Degrees Historical Facts Development Reports Tamu Qih Lodu Family Tree Who is Who?  Who is Where? Who is doing what? Where are Tamagians now?

BFBS Gurkha Radio Typical Nepalese Himalayan Villages Nepalese Himalayan Culture Photo Gallery Home Videos

                                                      अबको तामागी भनेको नयां नेपाल बनाउने क्रममा जानु पर्दछ

Dear सम्पुर्ण तामागीथेंहरुमा हार्दीक अभिवादन,

मेरो अनुभवको आधारमा आज म यस तामागी वेभसाईट मार्फत तामागी गाउं सम्बन्धी एक दुई कुराहरु यहांहरु सामु छोटकरीमा प्रश्तुत गर्न चाहन्छु ।

तामागी गाउं अहिले हामी सम्पुर्ण तामागीथेंहरुले छाडी सकेको स्थिती मा भएको एउटा गाउं हुन पुगेको कुरा कसैले नकार्नै नसकीने एउटा घोर सत्य बन्न पुगेको छ ।

आजको यस २१सौं शताब्दीमा आएर हामीले तामागी गाउं छाडनु परेको यो एउटा समयको माग पनि हो जस्तो मलाई लाग्दछ । हामीहरुलाई तामागीनै फर्केर जानु पर्ने बाध्यता छ जस्तो मलाई लाग्दैन । अहिलेको स्थितीमा भएको तामागीलाई हामीले पुरानो परम्परामा लानु पनि संभव छ जस्तो मलाई लाग्दैन ।

अबको तामागी भनेको नयां नेपाल बनाउने क्रममा जानु पर्दछ भन्ने मेरो सोंच हो । र त्यसो गर्नको निम्ती तामागीको पुर्ववाशीहरुले मात्र गरेर हुन सक्ने कुरा हो जस्तो पनि मलाई लाग्दैन । अबको संरचना भनेको एकदमै नयां हुनु पर्दछ । जसको लागी सबैको सहयोग र योगदानको नितान्त आवश्यकता पर्दछ ।

यो संरचनामा तामागी गाउं यस क्षेत्रकै आर्थिक बिकाशको लागी उपयुक्त र महत्वपुर्ण स्थान भएको थुप्रै अध्यनहरुबाट स्पष्ट भएको आधारमा तयार हुनु पर्दछ। त्यो पुरा गर्ने क्रममा प्राथमिकतामा पर्ने बिषय भनेको यसलाई सबैको समर्थन र सहयोग गर्न ईच्छाशक्तीको निर्माण हुने बातावरण तयार पार्नु अतिनै आवश्यकता छ । अहिलेसम्म त्यो शक्तीको कमी भएको देखिन्छ । त्यसको एउटा ज्वलन्त उदाहरण भनेको आज त्यो गाउं एउटा ब्यक्ती रहित स्टोन भिलेजको रुपमा परीणत हुन गएको हो भन्न सकिन्छ । यसबाट के स्पष्ट हुन्छ भने तामागी गाउंलाई नयां नेपाल निर्माण गर्ने प्रकियामा ढाल्नु पर्ने समय आएको देखिन्छ । त्यसो गर्नलाई हामी तामागीथेंमैंहरुले हरेक पक्षहरुलाई नियालेर हेरी त्यसमा भएको मुलभूत समस्याहरुको पहल निकाल्नै पर्दछ जस्तो मलाई लाग्दछ ।

पित्री घर बनाउने मात्र तामागीको आवश्यकता र माग हो जस्तो मलाई लाग्दैन । त्यस क्षेत्रको बिकाशको पुर्वाधारको रुपमा तामागीमा स्थापना भएको माछापुछ्रे बिकाश संघको कार्यलय र गांउ बिकाश समितीको संरचना लाई ध्वस्त पार्ने जुन काम भएको थियो त्यो अतिनै दुःखद पुर्ण घटना हो र त्यसबाट त्यो पुरानो संरचना भत्काउनु खोज्नु अर्को बिडम्बना हो ।

लेफ्टीनेन्ट (रीटायर्ड) रामबहादुर गुरुड, बेलायत, 10 July 2010

 

 

 

Disclaimer

The views expressed in any of the articles published in this website are those of the authors, and do not necessarily reflect the views of the site owner and the web administrator.

यस वेभसाईटमा प्रकाशित लेख, रचना, कथा अनि कविताहरु लेखकका आफनै हुन र वेभसाईट संचालकको बिचार हैनन । र जती पनि छापीएका लेख अनि तस्बीरहरु हाम्रा सुःख अनि दुःख बांटने एक माध्यम मात्र नभई परिचय अनि प्रेरणाको श्रोतका साथसाथै सुचनाबर्द्धक, ज्ञानबर्द्धक र शैक्षीकात्मक पनि बनोस भन्ने हेतुले छापिएका हुन र यसलाई अन्यथा नसं‌झीदीनु हुन् सम्पुर्ण आफन्त अनि ईस्टमीत्रहरुमा बिनम्र अनुरोध गरीन्छ, धन्यवाद। वेभ संचालक

Thank you for visiting Tamagi website!

This site has been visited  Hit Counter times since 5 August 2007

Home | News & Events | Gallery | Products | FAQ | Blog | Youth World | Contact Us | Bird's-Eye View of Tamagi | Learn Tamu Qih

Questions or problems regarding this web site should be directed to tamagi@hotmail.co.uk
 Copyright © 2002 [Tamagi Village]. All rights reserved.
 Last modified: Sunday, 13 May 2012