|
प्रिय तामागीथेंमै, तामागीसंग सम्बद्ध
चेलिबेटी साथै ईष्टमित्रहरु,
ज्ञानोद्विपन स्तूप (The
Enlightenment Stupa) वरीपरी घुमाउने मने (prayer wheel) राख्ने
बिषयमा जानकारी ।

बौद्धदर्शनमा आधरित एउटा ज्ञानोद्विपन स्तूप तामागीमा स्थापना
गरिएको छ । यो स्तूप एउटा प्रतिस्थापना हो ।
शान्ति (Peace), मेलमिलाप
(Reconciliation), माया (Love), बुद्धि (Wisdom), दयामया अनि
कृपा (Compassion), सन्मति (Harmony) र आशा (Hope) लाई
द्रिष्टीगत गर्दै यो स्तूपको निर्माण गरिएको हो । स्तूपको
वरिपरी घुमाउने मने राख्ने योजना भएको र
मने
राख्न ईच्छुक
महानुभावहरुको ईच्छा पुर्ती होस भन्ने हेतुले तामागी वेभसाईट (Tamagi
website) मार्फत यहांहरु सबैलाई जानकारी तथा कार्यक्रममा
आमन्त्रण गर्ने प्रयास गरीएको छ । यो जानकारीको साथसाथै यहां
केही फोटोहरु पनि संलग्न गरेको छुं । कृपागरी हेरी दिनु होला ।
मने उत्पादन विभिन्न तहको हुने भएको हुनाले व्यवहारीक्तामा
सजिलो परोस भन्ने हेतुले सबै मनेहरु एउटै तहको छनौट गरिएको छ ।
यि मनेहरु उंचाईमा १० ईन्च र गोलाईमा २२ ईन्चका हुनेछन । एउटा
मनेको खर्च
नेपाली रुपैयां तीन हजार आठसय (३,८००) तोकिएको छ । यो रकमले
बनाउने देखी लिएर जडान गर्ने सम्मको खर्च बेहोरने छ ।
आरम्भमा, पहिलो समूहको मनेहरु यही आउने नोभेम्बर देखी डिसेम्बर
महीना भित्र जडान गरिने र दोश्रो समुहको यही आउने बर्षको मार्च
देखी मे महीना भित्र जडान गरिने लक्ष्य राखीएको छ ।

भविष्यमा यस स्तूपको औपचारिक ढंगमा उदघाटन गरिने सोंच पनि
राखीएको छ । सो उदघाटनमा बौद्धदर्शन संबन्धी ज्ञान भएका
गुरुज्युहरुको उपस्थितीमा पुजापाठ गरि सुःसम्पन्न गरिने
परिकल्पना पनि राखिएको छ ।
यस औपचारिक उदघाटनको निम्ती मिती तय हुनु बांकीनै छ । मिती तय
हुनु साथ यहांहरु सबैलाई जति सक्दो छिटो भरपर्दो माध्यम बाट
जानकारी दिने उदेश्य राखेको छुं । यस उपलक्ष्यमा यहांहरु सबैको
उपस्थितिद्वारा
कार्यक्रमको शोभा बढाई दिनुहुनेछ भनी आशा राखेको छुं ।
मने राख्न ईच्छुक महानुभावहरुले निम्नलिखीत ईमेल ठेगानामा
सम्पर्क राखी जानकारी गराई दिनु होला । ईमेल नभएको खण्डमा कुनै
भरपर्दो व्यक्ति अथवा माध्यमद्वारा समाचार पठाई दिनु होला ।
यहांहरुको नजिकको
ईष्टमीत्र अनि नातेदारहरुलाई पनि यसै लेखलाई सूचना मानी जानकारी
गराईदिनु भएमा म आभारी ठान्नेछुं ।
प्रार्थि,
हेम गुरुङ, नर्वे
(सम्पर्क ईमेल: himco@online.no)
|