|
तामागी स्टोन भिलेज रिसोर्ट, पितृ घर र सहकारी संस्था

तामागी गाउँको संरक्षण र बिकासको बारेमा अचेल तामागी
गाउँलेहरुको बिचमा निकै चिन्तन् र मन्थन भई रहेकोछ।
चिन्तनको बिषय तामागी स्टोन भिलेज रिसोर्ट र पितृ घर दुबैलाइ
सहकारी संस्था मार्फत निर्माण, संचालन र बिकास गर्ने हो कि
भन्ने हो। एक थरि गाउँले भाईहरुको यस्तो सोँचाइ छ भने अर्को
थरिले पितृघरको योजनालाई सहकारी मार्फत निर्माण र संचालन गर्नु
त्यतिको उपयुक्त नहोला भन्ने बिचार लिएका छन्।
पितृ घर बनाँऊने सोँचाइ धेरै समय अघि देखि हाम्रा अग्रजहरुले
सोँचेका हुन र तामागी स्टोन भिलेज रिसोर्टले पनि यसलाई आफ्नो
योजनामा पारेको हो (स्मरण रहोस गत साल अगस्त र सेप्टम्बर महिना
तिर नेपाल र बिदेशमा रहेका तामागी गाँऊलेहरुलाई बाडिएको तामागी
गाँऊ बिकास योजना guidelines बुँदा ६ को (ख) मा उल्लेख छ)। जे
होस् अहिले पितृ घर बनाउनका लागि गाउँलेहरुको सहमतिबाट
क्यापटेन याम बहादूर गुरुङज्यू लागी रहनु भएको छ। झण्डै एक
महिना अगि पोखरामा तामागी गाउँलेहरुको भेलामा उहाँलाई पितृघर
निर्माण समितीको अध्यक्ष छानेका छन्।
उहाँको नेत्रित्वमा घाँसे चौतारी मुनिका जग्गाहरुलाई लगभग
बुलडोजरले सम्याऊने काम भई सकेको छ। पितृ घर आफ्नै किसिमले एक
कदम अघि बडेता पनि सहकारी भित्र आऊन ढिलो भएको छैन भन्ने मलाई
लाग्दछ। सहकारी भित्र पितृ घर बसि दियो भने हामीलाई बिशेषत चार
कुराहरूको फाईदा हुन्छ भन्ने मलाई लाग्दछ।
पहिलो: हाम्रो ऊदेश्य एउटै हुन्छ। अहिले दुइटा कुराहरु
देखिन्छन्; तामागी रेसोर्ट र पितृ घर। दुवैलाई एउटै ठाँउमा
ल्याउन सकियो भने हाम्रो उदे्श्य एउटै हुन्छ र त्यो हो ‘तामागी
गाउँको संरक्षण र बिकास’। हामिले हाम्रो गाउँलाई सङग्रालय
मात्र बनाऊने हो कि, बिकास गरेर त्यसबाटा फल लिने हो? अहिले
सम्म गाउँमा गरिएको लगानी जस्तै बाटाहरु, बिजुलि र पानीबाट
हामीले फाईदा लिने कि नलिने? मलाई लाग्छ लिनु पर्छ। हाम्रो
ऊदेश्य एउटै भएमा लक्षमा पुग्ने गरि काम गर्न सबैलाई सजिलो
हुन्छ।
दोस्रो: अहिले तामागी स्टोन भिलेज रिसोर्ट र पितृ घरका
समितीहरुमा लगभग त्यही ब्यक्तिहरुनै छन्। यसरि एउटा सानो गाउँमा
भएका मानिसहरु दुई थरि योजनामा संलग्न भएमा मानिसहरु बाडिने र
दुवै योजनाहरुको गतिलाई असर पर्न सक्छ। एउटै सहकारीको छाता मुनि
बसेमा सबै गाउँलेहरु ऐक्यबद्ध हुनेछन् र काम गर्नलाई पनि
सबैलाई सजिलो पर्ने छ। यसरि एकै लक्ष लिएर र एकै ठाउँमा बसेर
काम गर्न सकियो भने हाम्रो योजनाहरुलाई सफल बनाउन धेरैनै सजिलो
पर्ने छ।
तेस्रो: पितृ घरको बजेट १ करोड नेपालीको लागतमा बनाइने योजना
छ। यता रिसोर्टलाई पनि लगभग त्यतिनै रकमको आवश्यक्ता पर्दछ। अब
प्रश्न के आऊछ भने ‘गाउँलेले दुबै तिर तिर्न सक्ने पैसा कहाँ
बाटा ल्याउने त?’ सबैले दुबैतिर पैसा लगानी गर्न सक्ने अवस्था
छैन, भए पनि लगानी गर्न हिचकिचाउने सम्भावना धेरै छ। पितृ घरको
लगानीबाट हामिलाई आम्दानी हुँदैन। यो हाम्रो भावनासङमात्र
जोडिएको छ र संम्भवत क्याप्टेन याम बहादूर गुरुङज्यूले भन्नु
भए जस्तो यस्ले गाँऊ छाडेर गएकाहरुलाई गाँऊमा एक चोटि पसौंन
भन्ने भावना सम्म चाँहि जगाऊँछ कि भन्ने मलाई पनि लाग्दछ, तर
बिकासको काम चाँहि यसबाट हुन सक्दैन। तसर्थ दुबै ठाउँमा लगानी
गराउनका साटो सबैले सहकारीमा लगानी गरे भने स्टोन भिलेजको साथ
साथै पितृ घर पनि यसले बनाउन सक्छ भन्ने कुरामा मलाई विश्वास
लाग्दछ। जटील्ता अवश्य छ तर सुल्झाउन नसकिने चाहिँ होईन। यसरी
सबै योजनाहरु सहकारीको छाता मुनि बस्यो भने गाउँलेहरुलाई
आर्थिक भार कम हुन जान्छ। दुई ठाँउमा पैसा तिर्नु पर्नेमा एकै
ठाँऊमा तिरे पुग्छ।
चौथो: बिकास सङ सङै बिकृतीहरु पनि आऊदछ। यि बिकृतीहरूलाई
रोक्नका लागी पनि हामी सबैले मिलेर काम गर्नु पर्ने देखिन्छ्।
हाम्रो गाउँ अरु गाउँहरु भन्दा छुट्टै छ। पर्याटकहरु
प्रशस्तमात्रामा पसेका घान्द्रुक गाउँ, धम्पुस् गाउँ अथवा अन्य
गुरुङ गाउँहरु जस्तो तामागी गाउँ छैन। यस्को आफ्नै चरित्र छ र
आफ्नै पहिचान छ। अब हाम्रो गाउँको रुप कस्तो हुनु पर्ने र कसरि
यसलाई पर्याटकहरुका सामु प्रस्तूत गर्नु पर्ने हो यस तर्फ
हामीले एकै ठाऊँमा बसेर सोच्नु पर्ने हुन्छ। गाउँको मर्यादा र
ईज्जत जोगाउन र भविष्यका सन्ततिबाट गाल जोगाऊनका लागि पनि
हामीले एकै ठाउँमा बसेर सोँच्नु पर्ने र काम गर्नु पर्ने हुन्छ।
पितृ घर सहकारी भित्र बस्नु नबस्नु आफ्नै ठाउँमा छदै छ र यो
बहस चलिनै रहन्छ होला। तर तामागी स्टोन भिलेज रिसोर्ट चाँहि
सहकारी मार्फतनै संचालन भएमा तामागिको संरक्षण र बिकासलाई निकै
दरिलो टेवाको साथ साथै गाँउलेहरूको जनजीवन उकास्न निकैनै मद्त
मिल्ने छ जस्तो लाग्छ मलाइ।
हाम्रो गाउँको अवस्था र परिस्थीतिमा सहकारी संस्था मार्फतनै
संरक्षण र बिकासका कार्यक्रमहरु अगि बडाऊन ऊपयुक्त होला भन्ने
मलाई लाग्दछ। गाउँहरुमा र शहरहरुमा आजकल सहकारी मार्फत
मानिसहरुले आफ्ना जनजिवन ऊकास्ने खालका राम्रा राम्रा
बिचारहरुलाइ योजनामा अनुबाद गरि सफल भएका कथाहरु सुनेकाछौ। यी
सफल कथाहरुबाट के थाह हुन्छ भने समाजमा मानिसहरुले आफ्नो
उपस्थिती र सहभागिता जनायो भने कुनै पनि प्रयास असफल हुन
सक्दैन।
सहकारि संस्था संचालन गर्नाका निम्ती कम्तिमा २५ जना सदस्य हुन
आवश्यक छ। र २५ जना सदस्यहरु हाम्रो गाउँमा सजिलै संगठित हुना
गाह्रो होला जस्तो मलाई लाग्दैन। (हाल दस जना गाउँलेहरु
सहकारीका सदस्य हुन राजि भईसकेकाछन् र बाँकी भाईहरुसंङ कुराकानी
हुँदैछ।) सहकारिका नियम अनुसार समय समयमा नयाँ सदस्यहरु थपिन
सक्ने भएकोहुनाले बिस्तारै बिस्तारै सबै गाँऊलेहरुलाई समेट्न
सकिन्छ र समेटिनु पनि पर्दछ यदि तमागी स्टोन भिलेज रिसोर्टको
अवधारणालाई वास्तविक्तामा रुपन्तरण गर्ने हो भने। सबै
गाउँलेहरुले अ-आफ्ना किसिमले अ-आफ्नै स्थरमा सहभागी जनाई दियो
भने हाम्रो गाउँको संरक्षण र बिकास निस्चित छ र हाम्रा भावि
सन्तानहरुको भविष्य पनि सुरक्षित हुन सक्छ।
सहकारीको सदस्य हुन सहकारीको नियम भित्र रहेर कम्पनिहरुको शेयर
किने जस्तै त्यसका शेयरहरु किन्नु पर्दछ। शेयरहरुको रकम सबैलाई
प्रवेश हुन सक्ने गरि शुल्क तोकिएको हुनु पर्दछ भने धेरै शेयर
किन्नेहरुलाई प्रोत्साहित पनि गर्नु पर्दछ। यसरि सहकारिले १
करोड नेपाली रुपैयाँ जम्मा गर्न सक्यो भने तामागीलाई कृषि
क्षेत्रको साथ साथै संपदा, वातवरणिय र बिकास पर्याटनको आधारमा
तमागी स्टोन भिलेज रिसोर्टलाई सजिलै संचालन गर्न सकिन्छ।
यसरि नेपाल बाहिरका र नेपाल भित्रका तमागी गाउँलेहरुले खुलेर
लगानी गर्ने हो भने १ करोड रुपैयाँ सजिलै ऊठ्छ कि भन्ने मलाई
लाग्दछ।
तर सब भन्दा पहिले तदर्थ समितीले, जुन अहिले पोखरामा छ, कृषि र
पर्याटन विषेशग्यहरुलाई तमागीमा लगि नगदे बाली, परम्परागत खेति,
पशुपालन र पर्याटन बिकासहरुको सम्भावना बारेमा अध्ययन गर्नु
पर्दछ।
तर समश्या के छ भने तदर्थ समितीसङ बजेट छैन। त्यसैले यस योजनामा
विश्वास गर्नेहरुले सहकारीको जन्म भएपछि शेयरमा परिणत हुने गरि
अहिले केही रकम लगानि गरि दिनु भयो भने तदर्थ समितीलाई काम
गर्न सजिलो पर्ने थियो (तदर्थ समितीलाई काम गर्नको लागि हाल
५०,००० रूपैयाँ लगानि गर्न म तैयार छु र अपुग भएमा थप्न पनि
तैयार छु)। सहकारीले विषेशग्यहरुको सल्लाह बमोजिम कस्तो खालको
कृषि बगान बनाऊँने हो र कस्तो खालको पर्याटक गाउँमा भित्रयाऊने
हो भन्ने कुराहरुको विषलेशण गरे पछि एऊटा गुरु योजना तयार पारि
सदस्यहरुलाई साधरण सभामा प्रसतूत गर्नु पर्ने हुन्छ। योजना
अनुमोदन भए पछि बल्ल औपचारिक रुपमा सहकारिको जन्म हुन्छ। त्यति
बेला सम्ममा २५ सदस्यहरु भन्दा धेरैने सदस्यहरु पुग्ने अनुमान
लगाऊँन सकिन्छ।
सहकारिले सबै भन्दा पहिले सदस्यहरुको् अथवा गाउँलेहरुको
जग्गालाई कानुनि रुपमा सुरक्षित राख्दछ र लीजमा लिई कहाँ कहाँ
के के खेति लगाऊँने हो, र कहाँ के के बगैँचा बनाऊने हो इत्यादि
कुराहरुको ठेगान लगाऊँदछ। सङ सङै दुई चार भाईहरुले योजना
अनुसार भनिएको डिजाइनमा अ-आफ्ना घरहरु बनाईदिनु भयो भने
रिसोर्ट पनि सङ सङै संचालन हुन सक्दछ। रिसोर्टका घरहरु बनेको
देख्दा अरु गाउँले भाईहरु पनि आफ्ना घरहरु बनाऊन प्रोत्साहित
हुन्छ कि भन्ने आशा छ। यसरि कृषि (organic farming) र रिसोर्ट
सङ सङै बड्यो भने एक अर्कालाई धेरै सहयोग मिल्नेछ र १० वर्ष
जतिमा योजना अनुसार संमपूर्ण रुपले संचालन गर्न सकिनेछ।
तर हामीले बुझनु पर्ने कुरा के छ भने, हामीसङ धैर्यता हुनु
पर्दछ। दुई चार वर्ष सम्म यसबाट फलको आशा कमै गर्दा हुन्छ। तर
फल दिन थाले पछि यसले निरन्तर रुपमा दिईनै रहनेछ र हरेक साल
हाम्रो शेयरको मूल्य बृदी हुदै जानेछ। यसरि सहकारीको मूल्य
बृदीले सजिलै सङ राष्ट्रिय तथा अन्तराष्ट्रिय बितिय संस्थाहरुको
सहयोगमा अझै धेरै कामहरु गर्न सक्ने सम्भवनाहरुका साथ साथै
गाउँलेहरुलाई कम आर्थिक बोझ पर्ने छ।
अन्तमा बेलाइत, हङकङ, अस्ट्रेलिया र अन्य मुलुकहरुमा रहेका
तामागी गाउँलेहरुले भविष्यमा सहकारीको शेयरमा परिणत हुने गरि
केहि रकम अहिले तदर्थ समितीलाई बुझाई दियो भने हाम्रो गाउँको
बिकास योजनालाई केहि गति मिलथ्यो कि भन्ने मलाई लागेको छ।
विक्रम गुरुङ,
हङकङ 20/05/10 |