|

हाम्रो तामागी गाउंको बिकास, संरक्षण र
सम्बर्दन कसरी गर्ने?
सर्वप्रथम,
तामागीबासीहरुले आफ्नो तामागी गाउंको बिकास, संरक्षण र
सम्बर्दन कसरी गर्ने भनेर तामागी वेभसाईट मार्फत आफ्नो बिचारहरु
आदान प्रदान गर्नु भएकोमा मलाई अतिनै खुशी आभाश भएको छ । यस
प्रकारले बिचारको आदान प्रदान अनि छलफल गरेमा हामी अवश्य पनि
हाम्रो लक्ष्यमा पुग्न सफल हुन्छौं होला भन्ने मलाई पुर्ण
विश्वास छ ।
आजको यो एक्काईसौं शताब्दीमा हामीले कुनै कामको शुरुवात
गर्दा Partnership मा गरेमा सफलता हांसील गर्ने सम्भावना धेरै
हुन्छ । उदाहरणको लागी
Local Government, गाउं बिकाश
समिती, जिल्ला बिकाश समिती, केन्द्र सरकार अनि
Non Governmental Organisation (NGO) का
साथसाथै International Non Govermental Organisation (INGO)
संग मिली अघी बढेमा हामी अवश्य पनि हाम्रो लक्ष्यमा पुग्न सफल
हुन्छौं होला। जस्को फलस्वरुप हाम्रो गाउं हाम्रो देशको लागी
एउटा नमुना बन्न सक्दछ ।
अन्तमा, गत बर्ष हामीहरुले भदौरेको
माध्यमीक स्कुलको लागी नेपाली ७३ हजार २८३ रुपैंया चंदा संकलन
गरी पठाएकोमा स्कुलको संचालक समिती साथै प्राधानाध्यापकको
तरफबाट धन्यवाद पत्र प्राप्त भएको थियो,
जुन यहां मैले संलग्न गरेको छुं
।
मेरो तरफ बाट पनि चंदादाताहरुलाई सहयोग गरी दिनु भएकोमा
मुरीमुरी धन्यवाद टक्रयाउन चाहन्छु ।
श्री भक्त बहादुर गुरुङ, नि०अध्यक्ष भदौरे तामागी गा०बि०स०


|