यसपालीको तामागी
|
 |
 |
|
(आनन्द गुरुङ तामागीमा)
|
(आनन्द र रामकाजीका
बाख्राहरु) |
पोहरसालको श्रावण महिनाको तामागी र यस वर्षको
श्रावण महिनाको तामागीमा निकैनै अन्तर देखिन्छ। पोहरसाल गाउँ भित्रनै
जङ्गल पसे जस्तो देखिनथ्यो भने यस वर्ष गाउँ सफा र सुकिलो भएको छ। यसको
कारण हो श्री आनन्द गुरुङ र श्री रामकाजी गुरुङले शुरु गर्नु भएको
बाख्रा पालन। यि दुइ तामागीका भाइहरुको बाख्रा पालनले गाउँलाइ यसपाली
सफा राख्नमा निकै सहयोग पुरयाएकोछ।
|
 |
|
(पोखराबाट गएका टोलि देव बहादूर गुरुङको
आंगनमा बिहान चिया संङै बिचार बिमर्श गर्दै)
|
तामागी गाउँको संरक्षण स्टोन भिलेज रिजोर्टको
माध्यमबाट गर्ने प्रस्ताव तामागी गाउँलेहरुले पोहोर (२०६६) साल श्रावण
महिनामा फिर्के समाजमा भएको तामागी समाजको भेलामा स्विकारे पछि त्यहि
साल फाल्गुन महिनाको २० गते देखि आनन्द गुरुङ र रामकाजी गुरुङले ७५,०००
रूपैयाको लागतमा २० ओटा बाख्राहरूबाट शुरु गरेको बाख्रा पालन आज
फस्टाउदै गएको देखिन्छ।
बाख्रापालन शुरु गरेको ६ महिना पछि अर्थात यहि
श्रावण महिना सम्ममा ऊहाँहरुको बाख्राको जनसंख्य २० देखि ३० पुगेकोछ ।
बड्दो बाख्राको संख्यालाई ध्यानमा राखेर हाल ऊहाँहरुले ५०,००० रुपैयाँको
लागतमा नयाँ बाख्राको खोर बनाएका छन ।
सामाजीक, आर्थिक तथा राजनैतिक कारणहरुले
तामागी गाउँ लगभग खाली भएको आज झण्डै १० वर्ष भन्दा धेरै भइ सक्यो। यस
खाली गाउँमा फर्कने सोच शायद कमैले गरेका होलान। तर अब जन्मने तामागी
स्टोन भिलेज रिसोर्ट अर्थात तामागी सहकारी मार्फत तामागी गाउँको भविष्य
सुन्दर देख्न सक्ने आनन्द गुरुङले गाउँ फर्कने आँट गरि आज तामागीमा
बसेको ६ महिना भन्दा बडि भइ सक्यो।
|
 |
|
(अब आउने तामागी वार्षिक भेला स्व सचीब देव
बहादूर गुरुङको घर रहेको ठाऊँमा गर्ने हो कि?)
|
सफा र झार बिमुक्त आंगनहरु देख्दा तामागीमा
मानिसहरु अझै पनि गाऊँमै छन् कि भन्ने भान हुनथ्यो। श्री आनन्द गुरुङले
गाऊँ वरिपरिका बारीहरु र आंगनहरुलाई बाख्राको सहयोगले यसो गरेका हुन।
त्यति मात्र नभइ उहाँको उपस्थीतिले गाउँको संरक्षणमा केही थप टेवा
पुगेको महसूस हुन्छ। गाउँका आर्को संरक्षण कर्ता श्री देब बहादुर गुरुङ
र श्री आनन्द गुरुङ दुवैलाई हामी धन्यबाद नदिइ रहन सक्दैनौ।
|
 |
|
(क्रमश बिजय गुरुङ, रामकाजी
गुरुङ, आन्नद गुरुङ, सुन्दर गुरुङ, शेरमान गुरुङ, सुनार कान्छाको जेठा छोरा)
|
तामागी गाउँको संरक्षण तथा बिकासको सिलसिलामा
पोखराबाट तामागीका श्री सुन्दर गुरुङ, श्री शेरमान गुरुङ, श्री रामकाजी
गुरुङ, श्री बिजय गुरुङ र यस लेखका लेखक यही श्रावणको ३० तथा ३१ गते
तामागीमा एक रात बिताइ गाउँमा हुन सक्ने सम्भावनाहरुका बिषयमा र
सहकारीको भुमिकाको विषयमा बिचारहरु आदान प्रदान गरेका थिए। यस छलफलबाट
आनन्द गुरुङ अझै उत्साहित भएको महसूस हुनथ्यो।
तामागी बिकास क्रममा गाउँ फर्कने आनन्द गुरुङ
पहिलो ब्यक्ती हुनुहुन्छ र उहाँलाई अनुकरण गर्दै अरु तामागी गाउँलेहरु
निश्चयनै फर्कन्छन भन्ने कुरामा विश्वास गर्न सकिन्छ।
विक्रम गुरुङ, हङकङ
 |
|
(लिसाधु हुँदै तिँग्यु तिर)
|
 |
 |
|
(संझना बिर्सना चुले डाडामा) |
(चुले डांडामा
view point) |
|